एनआरएनएको दुबै कार्यसमिति अमान्य ठहर

सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले बिहिबार केसी र शर्मा दुबै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो ।

अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ । अदालतको आदेशसँगै दुवै कार्यसमिति खारेज भएका छन् ।