कोशीमा माओवादीका मन्त्रीहरूद्वारा राजीनामा

कोशी प्रदेशमा माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा रहेका माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले राजीनामा बुझाएका हुन् ।

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेसँगै उनीहरूले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।