कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका कँडेललाई आज बुधबार प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।
एमाले संसदीय दलका नेतासमेत रहेका कँडेललाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९(सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र(१३) र एकीकृत समाजवादी(१)ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेका थिए । कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ ।


















