नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत, साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको हो ।
जिन्दगीको यात्राभरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरालाई गीतमा व्यक्त गरिएको छ । आफुलाई जिवनको आधारस्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन । गीतमा प्रेमील जोडीबीचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।
गीतको भिडियो:
https://www.youtube.com/



















