सशस्त्र प्रहरीले ५० लाख रुपैयाँ बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरीले रुपन्देहीको भैरहवाबाट ५० लाख मूल्यभन्दा बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा अनुगमन टोलीले आइतबार राति उक्त अवैध सामान बरामद गरेको हो ।

शस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका(४ स्थित दोगहरा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याएर बाँसको छाप्रोमा भण्डारण गरी राखिएको सामान बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन न्यौपानेले बताए । ग १ ख ९२२६ नम्बरको गाडीमा लोड गरिरहेको अवस्थामा ५ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १० हजार ४ सय केजी प्याज बरामद गरिएको डीएसपी न्यौपानेले बताए ।

त्यस्तै ४५ लाख रुपैयाँ मूल्य बराबरको गाडी र १० हजार रुपैयाँ बराबरको बोरा सिलाउने मेसिन गरी ५० लाख ३० हजार रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।