हिमालयन बैंकको सीईओमा अशोक राणाले पाए निरन्तरता

हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शमशेर राणाले निरन्तरता पाएका छन् । गत चैत २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट राणालाई नै सीईओको जिम्मेवारी दिने निर्णय भएको हो ।

यसअघि पनि हिमालयन बैंकको सीईओ रहेका राणाको यो दोस्रो कार्यकाल यही बैशाख ९ गते (हिजो)देखि सुरु भएको बैंकले जानकारी गराएको छ ।