रूपन्देहीमा डढेलो निभाउन गएको दमकलमा नै आगो लागेको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा आज बुधबार दिउँसो सोही डढेलोमा दमकल परेको हो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ८ गणेशनगरको जङ्गलमा डढेलो लागेपछि नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन गएको थियो । सोही दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । आगलागीबाट दमकलको इन्जिनसहितका भाग जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन ।


















