आज शिेष दिन छठ पर्व । दसैँ गयो, तिहार पनि गयो, छठ् आयो । चाड पर्व आउँदै जाँदै गरेका छन्, दिनहरु यसरी नै ढल्दैछन् । खुसीका पर्वहरु धेरै छन् हामीसंग, दुःखलाई सुख सम्झने हाम्रो बानि छ र त भोटेकोशी बा बूढी गण्डकीले नृत्य गर्दै रहून् बाँचेकाहरुले खुसी नै खुसी मनाउँछौ हामी । अर्को खुसी त के भने निरन्तरको तिहारमा विद्युत्को खपत बढि रहेको छ, भ्याट लाग्दा पनि विजुली खपत घटेन, बढ्यो र यसपालि त १ हजार ७८० मे वाट पुग्यो, जव कि यो संख्या अतीतका वर्षहरुमा यति थिएन, कम थियो ।
देश धर्म, संस्कृतिमा बेजोड छ र पूmलैपूmलको चाड तिहारमा पूmल आयातमा प्रतिवन्ध लाग्यो, आयातका भूमिमा गाडियो, बजार महँगो भयो । हरेक विषयहरु आयात हुँदा मात्र बजार चलायमान र सहज हुन सक्ने भएको छ देश । लोकतन्त्रले धेरै सपना बाँड्यो तर आप्mनो मौलिक संस्कृति, धर्म, धरोहर संरक्षण गर्न सकेन । जहाँ धर्म र संस्कृति संरक्षण हुन्न त्यो देश दूर्दशामा फस्ने नै हो । देशको धरोहर जोगाउने काम सरकारको हो सकेको छैन ।
हामी वैदिक सनातनी हौँ, घूस हाम्रो संस्कृति होइन, न महँगो मदिरा नै । कडा भनिएको जेन्जी सरकारका प्रमुख प्रशासकीय अधिकृत तिहारकै आसपास ३३ लाखमा रंगे हात समातिए, कस्तो सुशासन हाम्रो, घूस मन पर्ने । नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ भन्ने हाम्रो संस्कृति हो खै त ? भूमि अनुसार पनि हाम्रो संस्कृति फरक छ, छठ् त तराई संस्कृति हो तर सर्वव्यापी नै छ अब । हाम्रा पूर्व एक प्रधानमन्त्रीले यो पंक्ति तयार भइरहँदा म कुनै धर्म मान्दिन भनेको सुनियो, यस्तो भयो हाम्रो देश जव कि वेद र धर्मभूमिको हो यो । बन्करभित्र पैसा र सुन किन भेटिएछन्, यसबाटै स्पष्ट हुन्छ, नैतिकताको गन्ध नदेखिने नेताहरु अभैm जुँगाको लडाइँमा छन्, धर्म, संस्कृति आचरण र चरित्रमा हुन्छ आडम्बर र चित्रमा होइन । सत्ययुगमा हिरण्याक्ष र हिरण्यकशिपुको शक्ति खेर गयो, त्रेतामा रावण कुम्भकर्णकोे, र द्दापरमा कंस र शिशुपालको धेरै शक्ति गुम भयो । द्दापरमा सय गालि सहने शिशुपाललई सय गालिपछि मात्र श्रीकृष्णले शिरच्छेदन गरेका थिए । सडक बाल्ने हाम्रो संस्कृति थिएन, दीपावलि गर्ने हो र त नदी जलाशयमा समेत दीपावलि गरिन्छ छठ्मा । राजनीतिको चरम बाछिठा छ, तराईमा, अन्यत्र पनि छ, सक्नेले सरकारमा जाने, बाँकीले सत्ता र सरकार ढाल्ने, बेरुजु अधिक राख्ने वेइज्जत पनि सहने संस्कृति हुर्किएको धेरै वर्ष भइसक्या छ यहाँ । नेपालीहरुमा ऋण थोपर्न आएका राजनीतिकर्मीहरुले देशैभरि ठूलो कुकृत्य गरे, अहिलेकाले पनि राम्रो सन्देश दिन छोडे । हरेक दस वर्षमा भत्कने राजनैतिक संस्कृति मौलायो हाम्रो ।
छठ् भन्नु सूर्य पूजा हो, उपासना हो । पूर्व दिशाबाट झुल्कने सूर्यका अल्ट्राभाइलेट किरणमा जीवात्माका लागि अत्यावश्यक भिटामिन ए र डी पाइन्छ । सौर्य किरणमा अनन्त ब्रह्माण्डीय ऊर्जा शक्ति छ । सप्तरङ्गी इन्द्रेणी समेत मिश्रण सौर्य किरणबाट आज बिज्ञानले अनेकौं सुविधायुक्त चमत्कार गरेको छ । संसारकै लागि बैज्ञानिक बनेको वैदिक संस्कारले मानिसको आत्मकारक सूर्यलाई उपल्लो रुपमा हेरेको छ । । अथर्ववेदले सूर्य किरणमा मानवरोग निवारणको प्रचुर शक्ति छ भन्छ । निरोगिता, आयु, आरोग्य, देह पुष्टि, बल बद्र्धनका लागि छठ्को पर्वको रुपमा पूजा आरम्भ भएको सूर्य पूजाको परम्परा सहरदेखि सबैतिर छ । जनकपुरको जानकीक्षेत्र र काठमाडाँैंको रानी पोखरीक्षेत्रमा त भव्य बिबाह उत्सवभैंmँ झकिझकाउ नै हुने गरेको हो, त्यसो त त्यसैको बीच भागमा रहेको यमलेश्वर भनाँै बाल गोपालेश्वर मन्दिरमा भाइटिकामा विशेष भीड नै देखियो अस्तितिर पनि ।
अबिबाहितहरुले बिबाहपछिको दाम्पत्य सुख र बिबाहितहरुले असल पारिवारिक जीवनीको चाहना राखी उदाउंदो सूर्यलाई अध्र्य दिई एका बिहानै घाट वा नदी तलाउ किनारमा बसी उपासना गर्ने परम्पराको थालनी सत्ययुगमा अत्रि पत्नी अनुसूयाबाटै भएको र पतिव्रता अनुसूयाले पतिको दीर्घायुको कामना गर्दै छठी माताको पूजा गरी आरम्भ गरेको छठ् पर्वले द्वापर युगसम्म निरन्तरता पाई श्रीकृष्णपुत्र शाम्बले कुष्ठरोग निवारणहेतु यो व्रत गरेको कुरा भविष्यपुराणमा वर्णित छ । वेदले वताएको सम्पूर्ण जीव र जगत्को आँखा रुप सूर्य पूजाबाट अन्य मनोकामना पनि पूरा हुने विश्वास गरिन्छ । पौषमा हिन्दु नारीहरु हरेक आइतबार सूर्य उपासना गर्ने गर्छन् भने तागाधारीहरुले जप्ने सूर्य गायत्री मन्त्रले आत्मिक चुरो, भित्रीबल, दृढ इच्छाशक्ति, मनोबल वृद्धि हुने कुरा वैज्ञानिकहरुले पुष्टि गरेका छन् । मानवको उषाकालदेखि जीवन्त सौर्य ऊर्जाले संसारकै प्राणीलाई हित गर्छ भने अघि च्यवन ऋषिकी पत्नी सुकन्याले षष्ठीका व्रत गरेर छठ् पूजा गरी अश्विनीकुमारहरु मार्पmत् आफ्ना अन्धा पति च्यवनलाई उपचार गरी पुनर्दृष्टि प्रदान गरेकी थिइन् । छठ् पूजा समूहमा आवद्ध भएर गरिने पर्व विशेष हो । अघि महाभारत कालमा पाँच पाण्डवहरुले आफ्नो गुप्त बास, वनबासको समय समूहबद्ध भई सूर्योपासना गरेका थिए जसबाट सूर्यदेव खुसी भई पाण्डवहरुलाई शक्ति संन्चयको आशीर्वाद प्राप्त भएको थियो ।
ब्रह्मा, विष्णु र शिवको संयुक्त रुप सूर्य नै हो । संम्पूर्ण प्राणीमात्रको आत्माको रुपमा रहेको सूर्यले प्राणीहरुलाई ताप शक्ति दिन्छ । कार्तिकदेखि बिस्तारै बढी जाडो हुने गर्छ, यसैले पनि मानिसहरु ताप शक्तितिर लाग्नु स्वभाविक हो । शीतलताको कारक, मानिसको मनको ऊर्जास्रोत भनेको चन्द्रमा हो । सूर्यले दिनमा महत्व दर्शाएभैंmँ चन्द्रमाले रातमा आफ्नो मनमोहक उपस्थिति दर्शाएको हुन्छ । शारदीय रात्रिमै भगवान श्रीकृष्णले संसार चकित पार्ने रासलिला रचाउनु भएको थियो, यसै कार्तिक शुक्ल रात्रि हो छठ्पछिको पूर्णिमा । जीवनको आरम्भ जलमा हुन्छ । जलतत्व, ज्वारभाटा, समुद्र चन्द्रमाबाट प्रभावित हुन्छ भने जीवनको संचालन र पालना माटोमा हुन्छ । जल र माटो दुवैको संचालन भने आकाश (सूर्य) नै हो । हाम्रो स्थूल एक शरीरमा ३ सूक्ष्म शरीर संचालन भैराखेको हुन्छ । पहिलो हो– माटो अर्थात् स्थूल शरीर (देखिने), दोस्रो हो मन (सूक्ष्म शरीर, नदेखिने) तेस्रो हो कारण शरीर आत्मा (झन नदेखिने) । यसरी स्थूल, सूक्ष्म र कारण शरीर तीनवटैबाट मात्र हाम्रो जीवन जीवीकोपार्जन भैराखेको हुन्छ । छठ्को दिन बेलुका चन्द्रमालाई खाना, खीर अर्पण गर्ने चलन पनि छ । यसको समष्टि भन्नु जल, माटो र अग्नि हो । यी सवैको सामूहिक समर्पणभाव प्रकट गर्दै छठ् पर्वमा माटोको घडा सहित जलाशयमा उपस्थित भई फलपूmल, मिठाइ, पक्वान्नहरु, नरिवल आदि लिई सूर्यदेवलाई खुसी पारिन्छ । वेलुकीपख डुब्न लागेको सूर्यलाई अध्र्य दिई पानीमा डुबुल्की मार्दै, मनोरञ्जन गर्दै गीत, नृत्य, भजन सहित रातभर जाग्राम बसेर छठ् पर्व मनाउने धार्मिक, सांस्कृतिक पर्व अनुपम रहेको छ ।


















