राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुरधाम प्रस्थान गरेका छन् । उनी पत्नी निकिता पौडेलसहित जनकपुर गएका हुन् । लामिछाने दम्पतीले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागर पोखरीमा विधिपूर्वक छठ पर्व मनाउने कार्यक्रम रहेको छ।
छठ पर्वका अवसरमा जनकपुर पुगेका लामिछानेले गंगासागरमा छठीमाईको पूजा आराधना गर्नुका साथै उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रम रहेको जनाइएको छ।


















