आजदेखि भृकुटीमण्डपमा १७औँ नेपाल–चीन(तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ । मेलाको समुद्घाटन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए ।
पाँच दिनसम्म चल्ने मेलामा ५० वटा चाइनिज र १५ वटा नेपाली स्टल गरी ६५ वटा स्टल रहेका छन् ।
















