आईजीपी विवादको पेसी न्याधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेशी तोकिएको छ । कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको हो । उक्त मुद्दा इजलासको ‘ख’ नम्बरमा पेशी तोकिएको छ ।

आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएपछि कार्कीले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।