एनआइसी एशिया बैक सम्पति विक्री गर्न नसकेर चौपट

आफ्नै अति महत्वाकांक्षा र अब्यवहारिक नीतिको शिकार बनेको नेपालको निजी क्षेत्रका बैंक एनआइसी एशिया गैर बैंकिङ सम्पति विक्री गर्न नसकेर चौपट बनेको छ । चर्को ब्याजदरमा लगानी गरेको ऋण नउठ्दा पछिल्ला वर्षहरुमा धमाधम ऋणको धितोमा रहेका घर जग्गालगायतका धितो सम्पति आफैंले सकारेको सो बैंक अहिले त्यही धितो विक्री गर्न नसक्दा चौपट अवस्थामा पुगेको हो ।
पछिल्ला महिनाहरुमा हरेक दिन एनआइसी एशिया बैंकले लिलाम विक्रीका लागि निकालेका विज्ञापनको बाढी विभिन्न पत्रपत्रिकामा देख्न सकिन्छ । दैनिक आधा दर्जनका दरले सो बैंकले लिलाम विक्रीको सूचना निकाल्ने गरेको छ । तर रोचक के छ भने जति पनि लिलाम विक्रीका सूचनाहरु देखिन्छन् ती सवै सम्पति बैंककको स्वामित्वमा रहेकाहरु छन् । जबकी लिलाम विक्री सम्बन्धित ऋणीको नाममा हुदै गर्नु पर्ने हो । बैंकले धाकधम्की गरेर वा पहिले नै गूपचूप रुपमा ऋणीको सम्पति हडपेर आफ्नो स्वामित्वमा ल्याएको र अहिले दोब्बर मूल्यमा बेच्न खोजेको हुनसक्ने विश्लेषण गरिएको छ ।
पछिल्लो समय एनआइसी एशिया बैंकका मूख्य कार्यालयदेखि शाखा कार्यालयहरुमा हरेक दिन यस्तै लिलाम विक्रीको मेला लाग्ने गरेको पाइएको छ । बैंकले परल मूल्यको ३० प्रतिशतमा हडपेको सम्पत्ति अहिले बजार मूल्यमा बेच्ने दाउमा बैंक रहेको छ । यद्यपी उसको दाउ दश प्रतिशत पनि काम नलाग्ने गरेको बुझिएको छ । बैंकका ठूला कर्मचारी, प्रवद्र्धक र तिनका आफन्त आसेपासेहरुले किन्न सक्ने जति सम्पति किनिसकेको र अब सर्वसाधारणलाई नै बेच्नुपर्ने अवस्था आउँदा खुला बजारमा लगिएको हुनसक्ने बताइएको छ । तर लिलाम विक्री नहुँदा बैंकका कर्मचारीहरु ठूलो तनावामा पर्ने गरेका छन् । धितो लिलाम नहुँदा बैंकको तरलतामै असर गरिसकेको बुझिएको छ । पैसा छैन भनौं बैंकमा पैसै पैसा छ, छ भनौं लेण्डिङ गर्न मिल्ने पैसा छैन, एक शाखा प्रमुखले बताएका छन् । गैर बैंकिङ सम्पतिले थिचिएरै बैंक डुब्ने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ थियो । पुरानो ऋण नउठ्दा बैंकको दोस्रो त्रैमासिक रिपोर्टमा निस्क्रिय कर्जा नै १२ प्रतिशत नाघ्ने देखिएकाले अहिले त्यसलाई कसरी ५ प्रतिशत आसपास देखाउने भन्ने तनाव पनि रहेको बुझिएको छ ।