काठमाडौँ । ईलाम र बजाङमा हालै सम्मपन्न उपनिर्बाचनको मत परिणाम आए संगै अहिले राजनीति बृतमा उपनिर्वाचनको चुनाबि परिणामको बिष्लेषण सुरु भएको छ । यसअघिको निर्वाचनमा बैकल्पिक नारा दिने र स्वतन्त्र उम्मेदवाले राम्रो मत ल्याएका थिए । धेरैले सोचेका थिए अब पुराना पार्टीको अबस्था ओरालो लाग्यो नयाँ र बैकल्पिक शक्तिहरु आउँछन । यो सोचाईलाई अधिल्लो चुनाबमा रास्वपाले काठमाडौँ उपत्यकामा चार सिट र सहित सङ्घीय संसदमा २० सिट जिते पछि झन बल पुग्यो । यो संगै रबि लममिछाने ‘मिसन–२०८४’ को नारा दिएर हिड्न थाले । तर, ईलाम र बझाङका पुराना दलको विकल्पका रूपमा नयाँ भन्नेले पनि पुरानै दलको जस्तो प्रवृत्ति देखाउनुका साथै कुनै ठोस काम गर्न नसके पछि मत पुन पुरानै दलमा गएको छ । त्यसैले नयाँ भननेको भविष्यमाथि प्रश्न गर्न थालिएको छ । ब्यबहारमै पनि इलाम–२ को उपनिर्वाचन परिणामले उनीहरूको भविष्यमा गम्भीर प्रश्न खडा गरिसकेको छ ।अघिल्लो निर्वाचनमा जस्तै जित्ने लक्ष्यका साथ रास्वपाले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार खडा गरेको थियो भने पार्टीले सम्पूर्ण शक्ति इलाम–२ मै लगाएको थियो । तर परिणाम सोचे जसतो भएन । त्यसो त २०६४ सेवादी एक्लैले २४० मध्ये १२० सिट जितेपछि माओबादीहर हौसिएका थिए । २०७० को दोस्रो संविधान सभा निर्वाचनसम्म आइपुग्दा उनीहरुको मत र सिट घट्यो । अहिले नयाँ भन्नेहरु त्यही बामटोमा गएको देखियो । बरु पुर्बमा पहिचानवादीले रामै्र समर्थन पाए ।
एउटा त यो उपनिर्वाचनले सङ्गठन जसको बलियो छ, उसैले चुनाव जित्छ भन्ने सन्देश दिएको छ । अर्को ग्रामीण क्षेत्रका जनता पुरानै पार्टीमा छन भन्ने देखियो ।मानिसहरूले कसरी सोचिरहेका छन् भनेर प्रवृत्तिको अध्ययन गर्ने हो भने बझाङको नतिजाले कुनै पनि नयाँ आयाम देखाउँदैन । बरु नेपालमा परम्परागत शक्ति बलिया छन् भन्ने नै देखायो बझाङको भन्दा इलामको नतिजाले केही फरकपन देखाउँछ त्यो भनेको पर्वमा पहिचानबादी बलियो बन्दै छन भन्ने ।














