अत्याधिक गर्मीका कारण बुटबलमा दुई दिन विद्यालय बन्द

अत्याधिक गर्मी बढेका कारण बुटबल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालय दुई दिन बन्द गर्ने भएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै आज र भोलि(बैशाख २० र २१ गते) विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालद्वारा जारी सूचनामा केही दिनदेखि तातो हावा चल्न थालेकोले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकोले दुई दिनका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।