प्रभु देवा स्टारर दक्षिण भारतीय फिल्म ‘सत्य मंगला’को छायांकन चार दिनदेखि पोखरामा चलिरहेको छ । अभिनेता तथा डान्स कोरियोग्राफर देवा आफैं नआएपनि ‘बडी डबल’ कलाकारले उनको भूमिकामा अभिनय गरिरहेका छन् ।
धम्पुस र लेकसाइड क्षेत्रमा फिल्मको छायांकन गरिएको छ । फिल्मको नेपाल सेड्युल सोमबार सकिने जनाइएको छ । यो फिल्मको नेपाल छायांकन व्यवस्थापन जनकदीप पराजुलीले हेरिरहेका छन् । स्टेफन जोसेफसँगै पराजुली स्वयं पनि यो फिल्मका को–डिरेक्टर हुन् । आर्यन प्रतापले यसलाई निर्देशन गरिरहेका छन् ।
तुवाँलो र प्रदूषणले काठमाडौंबाट हिमालको दृश्य नदेखिएपछि टोली सुटिङका लागि पोखरा पुगेको थियो । तुवाँलोले त्यहाँ पनि हिमाल नदेखिएपछि उक्त दृश्य सुट नगरिएको पराजुलीले जानकारी दिए । ‘मौसमले साथ दिएन तर पोखराको रमणीय दृश्य र धम्पुसको नेपाली लुक्सको पनि सुट भयो,’ उनले भने ।

आगामी डिसेम्बर वा जनवरीमा प्रदर्शन लक्ष्य राखिएको यो फिल्म कन्नड भाषासहित तमिल, तेलुगू, मलयालम र हिन्दी भाषामा रिलिज हुने जनाइएको छ । यो फिल्मको छायांकन नेपालसहित थाइल्याण्ड, श्रीलंका र भारतमा पनि हुने तयारी छ ।