सुनको मूल्य बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार भएको थियो । सोमबार चाँदी तोलामा १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।