होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु, ७४ घाइते

हिजो आएको तुफान र वर्षाका क्रममा भारतको मुम्बईमा होर्डिङ बोर्ड खस्दा मृत्यु हुनेको संख्या आज बिहानसम्ममा १४ पुगेको छ । घाइतेको संख्या पनि ७४ पुगेको छ । अपराह्न करिब ४.३० बजे अचानक आएको तुफानमा स्थानीय घाटकोपर इलाकाको समता कोलोनीस्थित रेलवे पेट्रोलपम्पछेउको होर्डिङ बोर्ड खसेको थियो । उक्त बोर्ड ७० मिटरको थियो ।

होर्डिङ बोर्ड एक पेट्रोलपम्पमा खसेको थियो । वर्षा र तुफानका कारण धेरै मानिस रोकिएका थिए । राति अबेरसम्म घाइतेलाई जोगाउने प्रयास गरिएको थियो । अझै पनि त्यहाँ केही मानिस फसेको अनुमान गरिएको छ ।