आज दिल्ली र लखनउ खेल्ने

इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सबीच प्रतिस्पर्धा आज हुँदैछ । नेपाली समयअनुसार राति पौने ८ बजे दिल्लीमा हुनेछ । १३ खेलमा १२ अंकसहित दिल्ली छैटौं स्थानमा रहेको छ । यो खेल दिल्लीको लिग चरणको अन्तिम खेल हो ।

१२ खेलमा १२ अंकसहित सातौँ स्थानमा रहेको लखनउले बाँकी खेल्न रहेका २ खेल जितेमा प्लेअफको जित्ने सम्भावना रहने छ । लखनउका लागि यो खेलमा महत्वपूर्ण रहेको छ । दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा छ भने लखनउ केएल राहुलको कप्तानीमा यो सिजन खेलिरहेको छ ।