आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

आज  सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन १ लाख ४० हजार रुपैयाँ र १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । साथै चाँदीमा पनि प्रतितोला ६० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँ कायम भएको छ ।