skip this वडा नं १६ बालाजु च:मती

चट्याङ्गबाट ११ जनाको मृत्यु

भारतको पश्चिम बङ्गाल राज्यमा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ । राज्यको मालदा जिल्लामा बिहीबार अलग अलग स्थानमा चट्याङ्गका कारण कम्तीमा ११ जनाको मृत्यु भएको बताइएको छ । चट्याङ्ग लागेर कयौँ घाइते भएको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घाइतेमध्ये केहीको हालत गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा २ जना नाबालिग पनि रहेको बताइएको छ । मृत्यु हुनेमध्ये अधिकांश खेतमा काम गरिरहेका, बगैँचामा आँप टिप्न गएका र बगैँचाका गार्ड भएको बताइएको छ । मुख्यमन्त्री ममता बनर्जीले यी घटनामा दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेकी छिन् ।