काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निकट पत्रकाहरुको संगठन राष्ट्रिय प्रेस मञ्च नेपालको केन्द्रीय अध्यक्षमा सरोज कुमार मिश्र (खिलाडी) मनोनीति हुनु भएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्नो पार्टी विधानको धारा २५ को (ध) तथा पार्टीको शुभेच्छुक संगठन राष्ट्रिय प्रेस मञ्च नेपालको विधानको धारा १३९ को उपधारा २९ बमोजिम अध्यक्षमा सरोज कुमार मिश्र (खिलाडी) मनोनयन गरिएको जनाएको छ।
पार्टी नेतृत्वद्वारा जारी गरिएको आन्तरीक परिपत्रमा मिश्रलाई उक्त जिम्मेवारी प्रदान गरिएको जनाईएको छ । पार्टीको आन्तरीक परिपत्रमा मिश्रलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको जानकारी गराउँदै, मिश्रले संगठनको नेतृत्वलाई कुशलता, निष्ठा र प्रतिबद्धताका साथ बहन गर्नुहुनेछ भन्ने पूर्ण विश्वास व्यक्त गरिएको छ।
नवनियुक्त केन्द्रीय अध्यक्ष मिश्रलाई सम्बोधन गर्दै पार्टीले राष्ट्रिय प्रेस मञ्चलाई अझ सशक्त, क्रियाशील र जनमुखी संगठनका रूपमा स्थापित गर्न उहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको जनाएको छ। साथै पत्रकारिता क्षेत्रमार्फत पार्टीको नीति, विचार, सिद्धान्त तथा राष्ट्रिय मुक्ति आन्दोलनलाई जनस्तरसम्म पु¥याउन मञ्चको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सरोज कुमार मिश्र (खिलाडी) पत्रकारिता तथा सामाजिक–राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तित्व हुन हुन्छ्। उहाँको अनुभव, क्षमता र नेतृत्वदक्षताले राष्ट्रिय प्रेस मञ्च नेपाललाई संस्थागत रूपमा मजबुत बनाउने पार्टीको विश्वास रहेको पत्रमा जनाईएको छ ।


















