२०८२ फागुन २१ गते गर्ने गरि घोषणा गरिएको प्रतिनिधिसभाको चुनावी सरागर्मी दलहरुले समानुपातिक सुची बुझाएसंगै एक्कासी बढेको छ । चुनावी सरागर्मी बढे संगै बिभिन्न जिल्लामा अबको निर्वाचनमा कसले वाजिमार्ला भन्ने पनि पुर्व अनुमान गर्न थालिएको छ । यस्तै चासो साथ हेरिने जिल्ला मध्ये एउटा रुकुम पूर्व पनि हो । दश बर्षे सशस्त्र संघर्षको केन्द्रमा रहेका जिल्ला मध्ये अग्रणी मानिने रुकुममा पछिल्लो समय माओबादीका प्रभावशाली नेता जर्नादन शर्माको बिद्रोह पछि अब माओबादीको अवस्था कस्तो होला भन्ने निकै चासो छ ।
रुकुम पश्चिममा भने अब पनि जर्नादन शर्मालेनै जित्ने सम्भावना बढी छ । तर रुकुम पूर्वमा भने अब फरक नतिजा आउने जिल्लाका बौद्धिक ब्यक्तिहरुको बिष्लेषण छ । जेनजी आन्दोलन र जर्नादन शर्माको बिद्रोह पछि रुकुम पुर्वले नयाँ ईतिहास लेख्दैछ । यद्यपी अबको चुनावमा पनि मुख्य प्रस्पिर्धा भने नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस बिचनै हुने देखिन्छ । यो प्रस्पिर्धामा बिगतको रेकर्ड तोड्दै यो पटक रुकुम पूर्वमा नेपाली कांग्रेसले जित हात पार्ने जिल्लाका बौद्धिक ब्यक्तित्व र स्थानीय नेताहरुको अनुमान छ ।
यो पटक प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले पुर्वमन्त्री तथा पुर्व माओबादीको भातृी संगठन वाईसेलका पुर्व अध्यक्ष गणेशमान पुन सहित ९ जनाको नाम टिकटको निम्ती केन्द्रमा सिफारिस गरेको छ । नेपाली कांग्रेसबाट भने तरुण दलका केन्द्रयी सदस्य गणेशकुमार मल्ल र कुसुम थापा लगायतको नाम सिफारिस भएको छ । यी दुई जना मध्ये जिल्लाका मतदाता बीच लोकप्रिय भएको कारण तरुण दलका केन्द्रिय सदस्य गणेशकुमार मल्लले टिकट पाउने निश्चि जस्तै छ । बिगतमा राष्ट्रिय भुमि आयोगमा समेत कुशलता पुर्वक जिम्मेवारी निभाएका मल्ल व्यपारी, समाजसेवी युवाका रुपमा स्थापीत छन् । सामाजिक रुपान्तरण तथा ग्रामीण बिकासको आधार (फोस्टार्ड) नेपालका केन्दिय अध्यक्ष समेत रहेका गणेश कुमार मल्ल अवसर पाएमा गर्न सक्ने युवाको रुपमा मतदाता र स्थानीय युवा र बुद्धिजीवि बिच चिनिन्छन ।
माओबादीको जिल्लाबाट ९ जनाको नाम सिफारिस भए पनि केन्द्रबाट गणेशमान पुनले टिकट पाउने बढी सम्भावना छ । तर उनले टिकट पाए पनि जित्ने सम्भावना कम छ । गणेशमान पुन जिल्लामा पटक पटक अवसर पाएर पनि काम गर्न नसकेका नेताका रुपमा चिनिन्छन । पटक पटक उनी र उनकै जीवन संगिनी कमला रोका रुकुम पूर्वबाट मन्त्री, सांंसद बने तर जिल्लामा जनताको पक्षमा उनीहरुले काम गर्न सकेनन । केन्द्रबाट योजना पार्न एवं विकासका काम गर्न नसकेको मात्र होईन उनीहरुले पूुर्वी रुकुमको सदरमुकाम रुकुमकोट राख्ने कि पुथा उत्तरगंगा गोलाखाडा राख्ने भन्ने बिवादमा समेत रुकुमकोट राख्ने भन्ने पक्षमा उभिए । पुनको यो कार्यले गर्दा पुथा उत्तरगंगा गाउँपालिका जहाँ मगरबस्ती छ उनीहरु पुनसंग रिसाएका छन । उनलाई मगर समुदायकै मत नआउने गोलाखाडाका स्थानियले बताउँछन । एकातर्फ पुर्व माओबादीमा जर्नादन शर्माको बिद्रोह अर्काे तर्फ नेकपा एमाले र नेपाली कांग्रेसबिच चुनावी तालमेल हुने बढी सम्भावना त्यसमाथि गणेश मान पुुनलाई परिवारवादको आरोेप लगाउदै नेपाली कम्युनिष्ट पार्टी भित्रै असन्तोष जसको सिधा फाईदा कांग्रेसका गणेश कुमार मल्ललाई पुग्ने देखिन्छ ।
पार्टी गत रुपमा पनि बलियो जनताको बिचमा पनि लोकप्रिय मल्ल नेपाली कांग्रेस भित्र पनि शेरबहादुर देउबाका कट्टर समर्थक हुने जसले गर्दा उनले जितेमा जिल्लमा बिकासका योजना पनि प्रशस्त पार्न सक्ने देखिन्छ । बिगतमा प्रदेशको चुनामा पनि माओबादीकै बागी उम्मेदवार सुरल पुनले माओबादी गठबन्धनका उमेदवार पुर्व डिभिजन कमाण्डर तेजबहादुर बलीलाई धेरै मतान्तरले हराएका थिए । यसबाट पनि रुकुम पूर्वमा माओबादी हँुदा देखिकै अन्तर संघर्ष नेपाली कम्युनिष्ट पार्टीसम्म आएको र यता कांग्रेसमा योग्य उम्मेदवार तथा आन्तरीक एकता मजमुत भएकोले गणेश कुमार मल्ल उठेमा जित्ने निश्चित देखिन्छ ।


















