बाजुरामा एमालेको अधिवेशन सकियो

बाजुरामा नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । आठौं अधिवेशन अन्तर्गत आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा दिउँसो साढे १ बजे सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । मुख्य निर्वाचन अधिकृत तुलाबहादुर थापाले कुल चार ३९ प्रतिनिधिमध्ये चार २५ जनाले मतदान गरेको जानकारी दिए । उनका अनुसार आजै मतगणना हुनेछ ।

एमालेको अध्यक्षमा कार्यवाहक अध्यक्ष भरत थापा र लालबहादुर ओलीले प्यानलसहित उम्मेदवारी दिएका थिए । थापालाई स्थायी कमिटि सदस्य कर्ण थापा र ओलीलाई केन्द्रीय कमिटि सदस्य लालबहादुर थापा पक्षको समर्थन रहेको छ । १ जेठमा पार्टी उपाध्यक्ष रामबहादुर थापाले जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।नेताहरूबीच सहमतिको प्रयास असफल भएपछि पाँच दिनपछि निर्वाचन भएको थियो ।