थलीमा मृत भेटिएका कृष्णका छोरा फर्पिङमा घाइते अवस्थामा फेला, मृतकी छोरी प्रहरी नियन्त्रणमा

काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिका छोरा पनि गम्भीर घाइते अवस्थामा भेटिएका छन् । भक्तपुरको छालिङ-७ का ५२ वर्षीय कृष्ण नगरकोटी आज बिहान थलीमा घाँटी काटिएको अवस्थामा मृत भेटिएका थिए ।

घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी  थलीको उकालोमा मृत फेला परेका हुन् । कृष्ण ट्याक्सी चालक भएको खुलेको छ ।

त्यसैगरी, थलीमा मृत फेला परेका कृष्णकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो । साथै, मृतकका छोरा पनि घाइते अवस्थामा फर्पिङमा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।