चिनको कोइला खानीमा पाँचको मृत्यु

उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ । कम्पनीका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो ।

दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरुमध्ये चार जनालाई उद्धार गरिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको छ ।