कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिव

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा.अग्नेज कल्लामार्डबीच भेटवार्ता भएको छ ।

देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा दुईबीच संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।