जनताले योग्य मान्छे होईन बाऊ बाजेका पाला देखिका पार्टीलाई भोट दिएर बिग्रियो

नहेन्द्र प्रधान नेता नेपाल समाजबादी पार्टी

यहाँ लामो समय देखि राजनीतिमा सक्रिय रहदै आउनु भएको ब्यक्तित्व हुनु हुन्छ , अहिले राजनीतिलाई कसरी अगाडी बढाई रहनु भएको छ ?

यहाँले प्रश्न गर्नु भए जस्तै म लामो समय देखि राजनीतिमा सक्रिय रहँदै आएको थिए । बिगतमा जिल्ला स्तरको राजनीति गर्दा सक्रिय पनि भए । जब केन्द्रको राजनीतिक जिम्मेबारीमा आँए तब पार्टीहरु फुट्ने , नेताहरुले देश र जनताका ऐजेण्डा र फाईदा हेर्ने भन्दा आफ्नो ब्यक्तिगत फाईदा हेर्ने गरेको पाँए त्यस पछि म धेरै सक्रिय छैन । पछिल्लो समय वेट एण्ड सी को अवस्थामा छु । राजनीति पार्टी र घटनाक्रम कसरी अगाडी बढ्छन हेरिरहेको छु । पार्टीमा योग्ता अनुरुपको जिम्मेबारी नदिने । आफ्ना ओरीपरीकालाई मात्र अवसर दिने प्रबृती देखियो जस्ले गर्दा पनि धेरै सक्रिय हुन उत्साह जागेन ।
तपाईआवद्ध रहनु भएको पार्टीत पटक पटक फुट्ने र जुट्ने भईरहेको छ यस्तो किन ?

अहिले कुनै पनि पार्टीमा बैचारीक कुराले महत्वपाउन छाड्यो । सबै अवसरको खोजीमा छन । यही अवसर पाईन्छ कि भनि पार्टी जुटाउने फुटाउने गरिरहन्छ ।
भने पछि पार्टीमा फुट बैचारीक कुराले होईन अवसरको खोजीका निम्ती हुन्छ ?
हो ,यहाँ बिचारमा कुनै पार्टी पनि चलेका छैनन , न पुराना भन्ने काँग्रेस ,एमाले माओबादी चलेका छन । नत नयाँ भन्नेहरु सबै अवसरको खोजीमा छन । यी सबैले नेपाली जनतालाई भ्रममा पारीरहेका छन । यी कसैलाई नेपाल र नेपाली जनताको चिन्ता छैन ।
सबै दलले नेपाली जनतालाई भ्रममा पारीरहेको बताउनु भयो प्रजातन्त्रमा दलीय ब्यवस्थाको बिकल्प पनि त हुँदैन अब के गर्ने त ?
दल भित्र सबै मानिस खराब छैेनन । दलमा असल मान्छे पनि छन । अब पार्टी कार्यकर्ता र जनताले दल भित्र भएका असल मान्छेलाई अगाडी बढाउन सहयोग गर्नु पर्दछ । त्यस्तै संसदको चुनावमा बाऊ बाजेका पाला देखि यही पार्टीलाई भोट दिएको अब पनि दिन्छु भनेर दिने होईन । अब योग्य ब्यक्तिलाई मत दिनु पर्दछ । हाम्रालाई होईन राम्रालाई चयन गर्नु पर्दछ ।

नेपालको राजनीति त नेपाली नेताको चाहना अनुरुप भन्दा बिदेशी ईसारमा चल्छ भन्छन नि यहाँको भनाई के छ ?

यो एकदम सहि हो । नयाँ भन्नेहरु होउन वा पुराना भन्नेहरु सबै अवसरको खोजीमा छन । अवसर प्राप्ती ब्यक्तिगत स्वार्थका लागि बिदेशी शक्तिले जे भन्छन त्यो गर्ने प्रबृती छ । देशलाई त उपनिबेशको रुपमा लगिरहेका छन । यहाँ जति पनि प्रोजेक्ट छन ती बिदेशीकै ईसारामा चल्छन ।
तपाई यस अघि खाने पानी मन्त्रालय अन्तरगतको निकायमा बोर्डसदश्य हुनु हुन्थ्यो तर यो ठाँउमा भष्टाचार हुने रहेछ भनेर राजीनामा दिनु भयो सरकारी निकायमा त्यस्तो भष्टाचार हुने रहे छ ?
यहाँ हरेक ठाँउमा साना देखि ठुलो ठाँउमा सबै तिर भष्टाचार हुने गरेका छन। अहिले नेपालका जुन सुकै कार्यालयमा भष्टाचार हुने गरेका छन । यहाँ भष्टै भष्ट छन ।
भष्टाचाको अन्त्य कसरी गर्ने ?
त्यसकोलागि त नेतृत्वमा बस्नेहरु भष्टाचार बिरोधि हुनु पर्दछ । नेतृत्वमा बस्नेहरु भष्टाचार बिरोधि भएमात्र तलबाट हुने भष्टाचार रोक्न सकिन्छ ।
भाबि दिनमा के गर्यो भने देश सही बाटोमा जाला ?
सबै भन्दा पहिला त हाम्रो संबिधानमै केही टुर्टी छन । जस्तो अहिले भएको निर्वाचन प्रणाली गलत छ । यसलाई संसोधन गरि कार्यकारी प्रमुख त्यो राष्ट्रपति वा प्रधान मन्त्री जो हुने हो उ प्रत्यक्ष निर्वाचित हुने ब्यवस्था राख्नु पर्दछ । त्यस्तै नेताहरु आत्मकेन्द्रीत हुन भएन । जनता केन्द्रीत हुनु पर्यो । जनताले पनि अब हाम्रा मान्छे होईन राम्रा मान्छे चयन गर्नु पर्दछ । जनता पनि सुध्रनु पर्दछ । गलत मान्छे नेतृत्वमा पुराउनु जनताको पनि बेहोसीले पनि काम गरेको छ । अब जनताले पनि सचेत भएर सहि मान्छेलाई मात्र मत दिनु पर्दछ ।