मानव स्वास्थ्य र धन्वन्तरी जयन्ती

अध्यात्म र धर्म ३५

यम पन्चक प्रारम्भ भएको छ आजैदेखि । कागतिहारसंगै आरम्भको दिन हो धन्वन्तरी जयन्ती, जडिबुटीका प्रवर्तक धन्वतरी हुन्, समुद्र मथनसंगै धर्तीमा अवतरित हुन् उनी । विशेष धनको पूजा यति बेलै हुन्छ । धन लक्ष्मी नै हुन् सदुपयोग गर्दा तर दुरुपयोग गर्दा यिनी अलक्ष्मी पनि हुन्छिन् । धनको पूजा हुन्छ तिहारभरि नै तर धनको मूल स्रोत जडिबुटी भएको देशको आप्mनो पहिचान भने हामी गुमाउँदै छौँ र विदेशी गुरुहरुका फोटा सजाएर पसल पसलमा आयातीत हर्वलहरु बिक्री गरिरहेका छौँ, आयुर्वेदिक गुण भएका औषधि, जडिबुटीहरुले मानव स्वास्थ्यमा साइड इफेक्ट नगर्ने हुन्छ र कतिपय जीर्ण रोगीहरु, एलोपेथीबाट हार खाएकाहरु पनि अहिले योग, ध्यान, शारीरिक अभ्यास र जडिबुटी औषधिका माध्यमले आपूm निरोगी रहेको अनुभूति गर्दैछन् ।
कार्तिक कृष्ण त्रयोदशी आयुर्वेद शाश्त्रका प्रणेता धन्वन्तरीको जन्म तिथि हो, यहाँ पनि नरदेवी अस्पताल, सिँहदरबार वैद्यखाना, आयुर्वेदिक रिसर्च सेन्टर कीर्तिपुर लगायत देशैभरिका आयुर्वेदिक संस्थाहरुले जेन तेन धन्वन्तरीको जन्म दिवस मनाउँदै औपचारिक कार्यक्रमहरु गर्ने गर्छन् । पंक्तिकार यसको पारखी हो र धेरै यस्ता कार्यक्रममा जुटेको पनि हो अतितमा । आयु बढाउनेको नाम आयुर्वेद हो, यो हाम्रो प्राचीन वेदसंग सम्बद्ध छ, सबै वेदको उद्गमस्थल नेपाल हो, समुद्रमथनको क्रममा श्रीविष्णुको अर्को अवतार धन्वन्तरीले आयुर्वेद सहित उपस्थित भएर जीव र तमाम जगत्को रक्षा गरेका हुन्, जतिबेला विज्ञान थिएन, यसैबाट सबै सुरक्षित थिए, हाल वैकल्पिक रुपमा यसको पहिचान छ ।
बन,जंगल र जडिबुटी बिना आयुर्वेदको कल्पना सम्भव छैन । मृगले कस्तुरी विनाको बास्ना खोज्न परतिर भौँतारिन्छ, कस्तुरीको बास्ना आपैmँसँग भएको पत्तो पाउँदैन । विज्ञानकोे आविष्कार सँगै एलोपेथी औषधि प्रयोगमा आएको धेरै समय भएको छैन । प्राचीन इतिहास बोकेको आयुर्वेदिक उपचारलाई विश्व स्वास्थ्य संगठनले वैकल्पिक चिकित्सा पद्धतिका रुपमा हेरेको छ । जल, जमिन, जँगल र जडिबुटी नेपालका मौलिक चिनारी हुन् । यसक्षेत्रको अपार सम्भावनाले नै देश समृद्ध हुन सक्छ । देशको कूल भूभागको ४०ः४ प्रतिशत बन र ४ः४ प्रतिशत झाडी तथा बुटेनक्षेत्र गरी कूल क्षेत्रको ४४ः७ प्रतिशतक्षेत्र बनले ओगटेको छ । सबैभन्दा बढी बनक्षेत्र पहाडमा छ भने सबैभन्दा कम बनक्षेत्र तराईमा रहेको छ । कूल बनक्षेत्रको सबैभन्दा बढी बन कर्णाली प्रदेशमा र सबैभन्दा कम बनक्षेत्र मधेश प्रदेशमा छ । प्रदेशगत हिसावले हेर्र्दा कूल भूभागको तुलनामा सुदूर पश्चिम क्षेबमा बनक्षेत्र धेरै र मधेशमा कम छ । आयुर्वेदिय गुणकारी औषधिको माग विश्व बजारमा बढ्दै छ, हामी तिनको बजार हुन सक्छौँ । तर हाम्रो विश्व बजारको उपस्थिति भने ०ः००२ प्रतिशत मात्र छ । हाम्रो देशका सबैक्षेत्रमा जडिबुटीका सम्भावना छन् । प्रदेशगत सम्भावना हेर्दा सुदूर पश्चिम प्रदेशमा तेजपात, कुरिलो, रिठ्ठा, डालेचक धेरै छ । कर्णाली प्रदेशमा कुड्की, अतीस, जटामसी, काउलो, टिमुर धेरै छ । लुम्बिनी प्रदेशमा काउलो, तेजपात, टिमुर, सुगन्धकोकिल धेरै छ भने बागमती प्रदेशमा चिराइतो, लोठसल्ला, सतुवा, धसिँगरे धेरै छ । मधेशमा हर्रो, बर्रो, कुरिलो, अमला, लेमनग्रास धेरै छ भने मेचीमा लोठसल्ला, चिराइतो, तेजपात र धसिँगरे धेरै पाइन्छ । सरकारी नीति स्पष्ट छैन । एलोपेथीले एकछत्र राज गरेका बखत एलोपेथी आउनु अघिदेखि मानव स्वास्थ्यमा योगदान गरिरहेको जडिबुटी ओझेलमा परेको छ । देशमा यस सम्बन्धित सरकारी निकाय धेरै छन् । तर सबैप्रति न सर्वसाधारणको चासो छ न राज्यको दूर दृष्टि । बजेटमा सधैँ समृद्धिका लागि वन कार्यक्रम सन्चालन गरी जडिबुटीमा आधारित उद्योगको विकास गरिने उल्लेख हुन्छ । ज्डिबुटीको व्यवसायिक खेती बिस्तार गर्दै प्रशोधन, बजारीकरण र विशिष्ट ब्राण्डिँग गरी निर्यात गर्ने पनि उल्लेख हुन्छ ।
जडिबुटीको दायरा ठूलो छ । भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु राम्रो हो, प्रिभेन्सन इज वेटर द्यान क्योर् । हामी हिमालकोे काखमा छौँ र पहाडको फेदीमा, संस्कृतमा नीपःको अर्थ हुन्छ फेदी र नीपः मा आलय सन्धि हुँदा नेपाल हुन्छ, आलय भनेको घर बा बस्ती हो । संस्कृत शव्द हो नेपाल, न्यायेन पाल्यते इति नेपाल भन्ने अर्थमा जहाँ न्यायबाट सबै प्रजा रक्षित हुन्छन्, त्यो नेपाल हुन्छ । न्याय नपाए गोर्खा जानू भन्ने उखान त्यसै चलेको होइन, पहाडको फेदी गोरखाको चौतारीमा बसेर रामशाहले न्याय निरुपण गर्थे पहिले । हामीसंग झण्डै २ सय प्रजाती सुगन्धित वनस्पति छन् । झण्डै ३ सय प्रजाती व्यापारमा छन्, अभैm २ सय ५० प्रजाती व्यापारमै थप्न सकिन्छ तर देश गरीवीतिर उन्मुख छ, र मान्छे निर्यातमा व्यस्त छ र विप्रेषणमा अब्बल भएको छ । देशमा भएका सम्भावित यस्ताक्षेत्रको पहिचान गर्न सके आय आर्जन, रोजगारीको सिर्जना, गरीवी निवारण, निकासी व्यापारको वृद्धि भई देशलाई उच्च व्यापार घाटाबाट जोगाउन सकिन्थ्यो । यहाँ भएका औषधीय गुणका वनस्पति मध्ये झण्डै ९० प्रतिशत वनक्षेत्रबाटै संकलन गरिने हुन् । बहु राष्टिृय कम्पनीहरुको उत्पादन, तयारी र फ्रिजका पानी, पाष्टपूmड, जंकपूmड, विषाक्त बजारका खानाले हाम्रो शरीर दिनपरदिन गल्दो छ, सामान्य रुघाखोकीमा एन्टिवायटिक चाहिएको छ । यहाँ यसको ज्ञानको अभाव भयो, प्रविधि भएन र लगानी गर्ने वातावरण पनि । हिजोसम्म धान, चामल निर्यात गर्ने देश आज आलु, प्याज, चामल, तरकारी, मासु, पाउडर दूध, फलपूmल, मरमसला, चिनी, मकै, पिठो, दाल, गेडागुडी भनौँ नाना, छाना र खाना सबै विदेशबाटै आयात गर्दैछ । नेतृत्वमा दूरदृष्टिको अभाव र राजनैतिक भागबण्डाकै कारण यस्तो भएको हो । अहिलेकोे सन्देश छ जीवनशैली बदलौँ, सबैले प्रकृतिमैत्री नबनी सुखै छैन, प्रकृतिलाई बिर्सेर कुनै विजय हुन्न, आपूm आपूmमै रमाउने हो, प्रतिश्पर्धा र होडबाजी दिगो हुन्न, पछिल्लो समय देखिएको अश्लील सबै प्रकारको व्यापारमा प्रश्न खडा भएको छ । हिँसा, क्रोध, इष्र्या र वैमनष्यताले कसैको स्वास्थ्य राम्रो हुन्न । हामी पूर्वीय जीवन शैलीमा विवास गर्छौँ, जसले आहार विहार, रहनसहन, इमान्दारिता, सत्यता, योग, ध्यान र असल आनिबानीबाट शरीर स्वस्थ हुन सक्नेमा जोड दिएको छ । अध्यात्म ज्ञान विना भौतिक विज्ञानको सदुपयोग हुन्न । प्रकृति अध्यात्म हो, यो ज्ञानको स्रोत हो, विज्ञानको पनि । अध्यात्म ज्ञानको परिचय दिने धन्वन्तरी हुन्् उनको सन्देश प्राकृतिक बस्तु जडिबुटी आदिले सजिलै रोगसंग लड्न सक्छ, प्रकृति प्रदत्त जडिबुटीको सेवनमा यो क्षमता रहन्छ भन्ने हो ।