पौडी खेल्ने क्रममा नुवाकोट र सुनसरीमा गरी तीन जनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-१० तादिखोलामा पौडी खेल्ने क्रममा डुबेर ककनी गाउँपालिका-४ बस्ने १८ वर्षीय हिमाल तामाङ र रोजन तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनीहरूको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरीको दुहबी नगरपालिका-९ छाताबेलीस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर गढी गाँउपालिका-१ बस्ने बैजु रिषिदेवकी छोरी ८ वर्षीया पवित्रा रिषिदेवको शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको बिराट टिचिङ अस्पताल टंकीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















