skip this चन्द्रागिरी नगरपालिका

इजरायलसँग नयाँ वार्ता गर्न हमासले अस्वीकार गरे

गाजामा युद्ध विरामका लागि इजरायलले अर्को वार्ता गर्न चाहेको तर हमासका अधिकारी ओसामा हमदानले नयाँ वार्ताको आवश्यकता नभएको अभिव्यक्ति दिएका हुन् । सबैखाले आक्रमण रोक्न इजरायलले गाजा पट्टीबाट सेना फिर्ता बोलाउनु पर्ने अल जजिरा अरेबिकसँग शनिबार फोन वार्तामा हमदानले भनेका थिए ।

आफूहरूले सहमति जनाइसकेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको भन्दै उनले आफूहरूलाई नयाँ वार्ताको खाँचो नरहेको बताएका छन् । यो महिनाको सुरुमा हमासले कतार र इजिप्टको मध्यस्थतामा युद्ध विरामको एउटा प्रस्तावलाई पारित गरेको थियो । तर इजरायलले सो प्रस्ताव आफ्नो माग अनुसार नभएको बताएको थियो ।