सरकारी सेवामा महिला कर्मचारी संख्या बढ्यो

आर्थिक सर्वेक्षण २०८१ अनुसार २०८० फागुन मसान्तसम्म सरकारी सेवामा महिलाको प्रतिशत २८।. पुगेको छ। २०६५ असारमसान्तसम्म सरकारी सेवामा महिला कर्मचारीको संख्या १२ प्रतिशत थियो।

स्वास्थ्य सेवामा महिलाको संख्या सबैभन्दा बढी रहेको छ। स्वास्थ्य सेवामा कार्यरत कमर्चारीमध्ये महिला ४९.७ प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। संवैधानिक पदाधिकारीमा भने जम्मा ८.५ प्रतिशत मात्रै महिला कर्मचारी रहेका छन्।

आर्थिक योजना तथा तथ्यांक सेवामा १४.२, कृषि सेवामा २१.५, प्रशासन सेवामा १७.८, वन सेवामा १३.२, शिक्षा सेवामा २५ प्रतिशत महिला आवद्ध छन्। त्यस्तै विविध सेवामा ४० प्रतिशत, इन्जिनियरिङ सेवामा १५.९ प्रतिशत, न्याय सेवामा २३.५ प्रतिशत र परराष्ट्रमा २३.३ प्रतिशत कर्मचारी रहेका छन्।