सुनचाँदी व्यवसायी आन्दोलनमा

नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका छन् । संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी)सम्म सुन आयात हुँदै आएकोमा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले विरोध गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले सुनमा लगाएको सिन्डिकेट खारेज गर्नुपर्ने, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज गर्नुपर्ने, सुनचाँदी व्यवसाय तथा कालिगडमैत्री नीति-निर्देशिका, ऐन तुरुन्त लागू गर्नुपर्ने लगायतका माग गरेका छन् ।