फेरि बढ्यो सुनको मूल्य

आजको साताको अन्तिम कारोबारको दिन पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको हो।

अघिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको थियो भने आज तोलामा १ लाख ४५ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

साथै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।