बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीको साथ पाउँदा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।
आज सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले बिश्वासको मत पाएका हुन ।आजकोे प्रदेश सभा बैठकमा ५९ जना सांसद उपस्थित थिए। मुख्यमन्त्री पाण्डेले राखेको विश्वास प्रस्तावको पक्षमा ३१ जना सांसदले मत दिए भने विपक्षमा २८ सांसदले मतदान गरेका थिए।
नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट २०७९ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका छन्।देवकोटा बाबुराम भट्टराईनिकट हुन्।
साथै कांग्रेसका २७, राप्रपाका दुई र स्वतन्त्र सांसद राजिब गुरूङले पनि मुख्यमन्त्रीका पक्षमा विश्वास मत दिएका छन्। कांग्रेसका २७ सहित राप्रपाका २, माओवादीको चुनाव चिन्हबाट जितेका एक र स्वतन्त्र एक सांसद गरी ३१ जनाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका हुन्।

















