हरिपुर नगरपालिका-९ पिडारीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ जानकीनगरबाट पिडारीतर्फ आउँदै गरेको बिआर ३० एल ९५५७ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकलको सिटभित्र लुकाई छिपाई ल्याएको उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।


















