तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ-९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो ।

उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने, ‘राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ ।’

राउते खोला पुलले साविकको वडा नं.७ राउते र साविकको वडा नं.५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताए ।