पशुपन्छीमाथिको ज्यादति रोक्नु पर्दछ, सुलक्षणा राणा प्रमुख एनिमल नेपाल

यहाँले पशुपन्छीकोृ कल्याणका बिषयमा पैरवी गर्दै आउनु भएको छ पशु कल्याण भनेर कसरी परिभाषीत गर्नै ?

पशुपन्छीमाथिको ज्यादति रोक्नु नै पशुकल्याण हो । जनावरलाई स्वतन्त्रपूर्वक बाँच्न दिन अन्तर्राष्ट्रियस्तरमा पाँचबटा मापदण्ड अभ्यासमा रहेका छन । हामीले तीनै मापडण्ड पालना गर्नु पशु कल्याण भन्द छौ । ती पाँचबटा बिषयमा भोक, प्यास र कुपोषणबाट मुक्त गर्नु, डर, त्रासबाट मुक्त हुनु, विषाक्त किसिमको केमिकल उत्पन्न हुन नदिनु, आवश्यक तापक्रम, हावापानी उपलब्ध गराउनु र घाउ, चोट लाग्न नदिनु रहेका छन ।

पुश अधिकार र पशु कल्याणमा के फरक छ ?

कल्याणको कुरा गर्दा हामीले पाँच वटा कुरा गर्यौ । अधिकारको कुरा चाहीँ अलि फरक छ । उनीहरुले काटमार नगर, मासु खान हुन्न भन्छन्, उनीहरुले भिगन भन्छन् अर्थात दुधजन्य पदार्थ पनि खान्नन । उनीहरुको भनाई हामीले गाईवस्तुको दुध खाइदियो भने, गाईवस्तुका बच्चाहरुको दुध खाने अधिकार हनन हुन्छ भन्ने सम्म छ । हामो कुरा अलि नरम हुन्छ यद्यपी पशुपन्छिको ढुवानी र पशु कल्याणको कुरा गरिरहदा हामी समेत कहिले काहीँ पशु अधिकारको कुरासम्म पुग्दा रहेछौं । मानिसहरुले पशुपन्छीमाथि जुन किसिमको क्रुर व्यवहार गर्दछन्, त्यो पशुपन्छीमा पनि हामीमा जस्तै पीडाबोध गर्ने सम्वेदना हुन्छ ।

उनीहरुलाई पनि पीडा हुन्छ भन्ने थाहा नपाएरै होला कि, थाहा पाएरै गर्छन् ?

मान्छेले बुझ्दैनन भन्न म चाहन्न । मान्छे सबैभन्दा संबेदनशील प्राणी हो । त्यसैले उसले नबुझ्ने भन्ने हुँदैन । बरु हामी चाहीँ नबुझेर हैन, बुझीबुझी पनि पशुपन्छीलाई माया गर्नुपर्छ भन्ने संस्कार नसिकाइएका कारण पशुपन्छीमाथि क्रुरर व्यवहार गरिरहेका हुन्छौ । जुन घरमा पशुपन्छीलाई माया गर्ने कुरा बाल्यकालमै घरबाटै सिकाइृन्छ उनीहर दयालु हुन्छन । जुन घरमा कुकुर पालिराखेको हुन्छ त्यो घरको बच्चाबच्चीले अरु कुकुरलाइृ पनि लाई माया गर्छन् । पशुपन्छीलाई पीडा हुन्छ भन्ने नबुझेर होइन, निर्दयी भएका कारण क्रुरर ब्याबहार गर्दछन ।

पशुपन्छीले सपना देख्छन् कि देख्दैनन् ?

पशुपन्छीमा पनि चेतना र संवेदना हुन्छ । कयौं गाईहरुलाई सटल हाउसमा लानु अगाडी गाईहरु रोएका भिडियोहरु पनि हामीले देख्न सक्छौं । धेरै अनुसन्धानले पनि पशुपन्छीले दु:ख पीडाबोध गर्छन, भन्ने धेरै कुराहरुबाट थाहा भईसकेको छ क्यामब्रीज युनिभर्सिटीको रिसर्चले पनि पशुपन्छीले सपना देख्छन् भन्ने पत्ता लगाइसकेको छ । उनीहरुको सपना एकदमै जटिल पनि हुनसक्छ र दिनभरि घटेका घटनाको विवरण पनि हुन सक्छ । त्यसैगरी, कुखुराले अरुले भन्दा बढी सपना देख्छ ।

मानिसले पशुहरुलाई ढुवानीको साधनको रुपमा प्रयोग गर्दछन । जस्तो गधा, खच्चडहरुलाई भारीबोक्न , रागा गोरुलाई कृषि कार्यमा, हात्तीहरु जंगल सफारीमा प्रयोग हुन्छन, यसमा पशु कल्याण र अधिकार हननको कुरा आउछ कि आउदैन ?

यस्ता कार्यमा दुबै कुरा आकर्षित हुन्छन् । भारि बोकाउदा पनि उसको क्षमताभन्दा बढीको भारी बोकाइन्छ । त्यो सिधैं पशु अधिकारको हनन हो । भारी बोकाउदा पनि कति बोकाउने भन्ने मापदण्ड हुनु पर्छ । यी बिषय पशु कल्याण र अधिकार हनन बिषय हुन । हालै कर्णाली नदीकोृ पुलमा खच्चड जसरी फसे त्यो अधिकार र कल्याण दुबै हनन भको बिषय हो ।

पशुको कल्याणकोलागि कानुनी अवस्था कस्तो छ ?

पशु कल्याण ऐन बन्नाका लागि सैद्धान्तिक सहमति जुटेको दुई वर्ष बितिसक्दा पनि ऐनको मस्यौदाले अन्तिम रुप पाउन सकेको छैन । ऐन नआउँदा हालसम्म पशु कल्याण निर्देशिका २०७३ मार्फत नै काम भइरहेको छ ।

ऐन नआउँदा निर्देशिकाकै भर पर्नुपर्ने अवस्था छ । निर्देशिकामा कानुनमा जस्तो दण्डात्मक व्यवस्था नहुने भएकाले यसका अधिकांश प्रावधानहरु कार्यान्वयनमा समेत छैनन् । नेपाल पशुपक्षी जन्य व्यवसायीले पशु ढुवानीका लागि होल्डिङ सेन्टरको व्यवस्थापन गर्नु पर्ने पशु ढुवानी गर्दा आठ घण्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भएपनि होल्डिङ सेन्टर नहुँदा गन्तव्यमा पुर्याउन कठिन भएको छ । पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ । त्यो पनि भएको छैन । त्यसैल पशु कल्याण ऐन छिटो बानाउनु पर्दछ ।

ढुवानी मापदण्ड बारे के भईरहेको छ ?

ढुवानी मापदण्ड बनेको १८ वर्ष भयो । त्यसमा धेरै राम्राराम्रा कुराहरु छन् । तर त्यो लागू भएको छैन । त्यसको १० प्रतिशत मात्रै लागू भएपनि धेरै राम्रो हुने थियो । रागा भैसीलाई ढुवानी गर्दा भुईमै भएको अनुभुति होस भनि पराल बिछ्याउने, नाक, पुच्छर नबान्ने, एकैदिशामा फर्काएर नराख्न भनिराखेका छौं । क्षमताभन्दा बढी नराख भनिराखेका छौं । भैसीकै कुरा गर्दा जिन्दगीभरि दुध दिन्छ, दुध दिन छोडेपछि मासुको लागि बेचिन्छ र बेचिसकेपछि बधशालासम्म पुर्याउदा निक्कै दु:ख दिन्छन् । जन्मदेखि मृत्युसम्म उसलाई निरन्तर दु:ख हुन्छ ।

अहिले अत्यन्तै क्रुर तरिकाले पशुपन्छीको ढुवानी भइरहेको छ । नेपालगञ्ज, कैलाली, महेन्द्रनगरलगायत ठाँउबाट २४ घण्टा लामो दूरीबाट निर्मम तरिकाबाट पशुपन्छीको ढुवानी भइरहेको छ । कुखुराहरूले स्वतन्त्र रूपमा घुमेर खेल्न र चर्न पाउनु पर्ने त्यो पाएका छैनन। पशु वधशालामा पशुको अगाडि अर्को पशु वध गरिन्छ ।

तपाईलाई पशुकल्याणसम्बन्धी कार्यमा लाग्न के ले प्रेरित गर्यो ?

मैले यो संस्थामा आउनु अगाडि साथी नेपालमा काम गर्दथे । त्यसमा रहनुभएका साथीहरुले पशु कल्याणको क्षेत्रमा काम गनृु हुनुहुँदो रहेछ । उहाँकै संगतले म पशु कल्याणतर्फ लाग्न प्रेरित भए ।

यो क्षेत्रमा काम गर्दा अनुभूति कस्ता रहको छ ?

टाढा बसेर त्यही विषय हेर्नु र नजिक बसेर काम गर्नु धेरै नै फरक हुने रहेछ । जनावरहरुको नजिक रहेर काम गर्दा उनीहरुले पाउने पीडाको बारे नजिकबाट बुझ्ने मौका पाए र अझ बढी संवेदनशील भएर लाग्न प्रेरणा मिलिराखेको छ ।

कयौं व्यक्तिले विभिन्न अधिकारका कुरा गर्छन् । उनीहरु साच्चै तिनको अधिकारको बारेमा संवेदनशीले भएर हो कि एनजीओ,

आइएनजीओको पैसा खर्च गर्न हो ?

संघ संस्थामा काम गर्दा जिवन चलाउने कुरा त हुन्छ नै तर सबै जागीर खाने र पैसाकै लागि पशु अधिकार वा कल्याणको कुरा गर्ने होइन । उनीहरु आफू पनि संवेदनशीले भएका कारण काम गर्ने हुन । जागीर त अन्त पनि खान सक्छन् ।

अन्त्यमा ?

हामीले पशु कल्याण ऐन आउनु पर्छ भनिराखेका छौं । त्यो ऐन आयो भने पनि काम गर्न धेरै सहयोग हुने छ । बोल्न नसक्ने पशुपन्छीको निम्ति धेरै काम गर्न सकिन्थ्यो ।