नेपाल समाजवादी मुस्लीम संघको दोस्रो केन्द्रीय भेला सम्पन्न

नेपाल समाजबादी पार्टी निकट नेपाल समाजवादी मुस्लीम संघको दोस्रो केन्द्रीय भेला शनिबार काठमाडौमा सम्पन्न भएको छ । भेलाले मो .ईदरिस रायनको संयोजकत्वमा ११ सदश्यीय सचिवालय गठन गरेको छ । सचिवालय सदश्यहरुमा हस्रोदिन मिया ,भदै मिया, ईलियास हवारी ,मोहम्मद एजजा हलवाई ,नौसभ नुर ,बिबि समिन खातुन , नाजनिज अहमद , समिउल्लाह खान , अजजा मिकरानी ,तबसुन प्रबिन रहनु भएको छ । कार्यक्रममा भेला सफलताको शुभकामना दिदै नेपाल समाजबादी पार्टीका निवर्तमान उपाध्यक्ष कार्यकारी समिती सदश्य दर्गाले सोब नेपाल समाजबादी पार्टीलेमात्र साँचो अर्थमा दलित मुस्लीम सहित सबै अल्पक संख्यक समुदायको अधिकारको पक्षमावकालत गर्ने बताउनु भयो । उहाँले पार्टी अध्यक्ष पुर्ब प्रम बाबुराम भट्टराई संबिधान आधा गिलास भरिएको भन्नुको मत्लब महिला , मुस्लीम , आदिबासी जनजाती , दलित सहित अल्पसंख्य समुदाय मधेशको अधिकार पुर्ण भएन भनेको हो भनि प्रष्ट र्पाु भयो । नेपाल समाजबादी पार्टीका निवर्तमान सचिब कार्यकारी समिती सदश्य एवं मधेश प्रदेश र जनबर्गीय संगठनका ईन्चार्ज ईश्वरी रिजालले मुस्लीम संघको बिगत देखि बर्तमान सम्मको यात्रा र संगठनात्मक अवस्थाका बारेमा प्रष्ट र्पान भयो । भेलालाई बौद्धिक कर्मि महासंघका कार्यबाहक ईन्चार्ज केशबराज अर्याल र नेपाल समाजबादी पार्टीका पुर्ब राजनीतिक समिती सदश्य एवं नेपाल समाजवादी दलित संघका ईन्चार्ज गजाधर सुनुवारले भेला सफलताको शुभकामना दिनु भएको थियो ।

 

नेपाल समाजबादी पार्टीका पुर्ब राजनीतिक समिती सदश्य राकुमार पुरी नेपाल समाजवादी टेडयुनियन महासंघका अध्यक्ष बिष्णु प्रसाद पौडेल कृण्ण मुरारी ढकाल , लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल समाजवादी मुस्लीम संघ निबर्तमान अध्यक्ष एवं बर्तमान ईन्चार्ज डा अब्दुल मोबिन खानको सभापतित्वमा भएको थियो । सभापतित्वमा ग्रहण गर्दै एक सदश्यले महिनामा कम्तीमा एक सदश्य थप्नु पर्ने बताउनु भयो ।