दुई दिने औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले रूसमा छन् । सोमबार साँझ भएको रात्रीभोजमा राष्ट्रपति भ्लादिमिर पुटिन र मोदीबीच भेटवार्ता भएको थियो ।
भारतीय समाचार संस्था एनडिटिभीका अनुसार भेटवार्तामा मोदीले भारतीय नागरिकलाई फिर्ता गर्न राष्ट्रपति पुटिन समक्ष अनुरोध गरेपछि रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न पुटिन सहमत भएका छन् । उक्त अनुरोधसँगै रूसले युक्रेनविरूद्धको युद्धमा सहभागी भएका भारतीय नागरिकलाई फिर्ता गर्ने सहमति जनाएको हो । त्यस्तै उनीहरूलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने समाचारमा उल्लेख छ । समाचारमा जनाएनुसार कम्तिमा दुई जना भारतीय नागरिकको युद्धमा मृत्यु भएको छ ।
सोमबार मात्रै रूसले युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणबाट कम्तिमा ४१ जनाले ज्यान गुमाएका छन् । एजेन्सी


















