खोलामा डुबेर एकको मृत्यु

ठाकुरबाबा नगरपालिका-२ बलाती बस्ने सरद चौधरीको छोरा ७ वर्षीय समित चौधरीको सोही ठाउँ स्थित अम्बासा खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको नगर अस्पताल भुरिगाउँमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।