भरतपुर महानगरपालिका-४ त्रिचोक स्थित सडकमा ना.५४ प ५८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक भरतपुर महानगरपालिका-७ नारायणपुर चोक बस्ने ३५ वर्षीय मनोज तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















