नेपाली साहित्यमा भानुभक्त आचार्यबारे फरक फरक दृष्टिकोणहरु व्यक्त भएका छन् । भानुभक्तलाई आदिकविको उपाधि दिँदा भानुभक्त भन्दा अगाडिका कविहरु इन्दिरस,विद्यारण्य केशरी र वसन्त शर्मामाथि अन्याय हुने धारणा विसं २०२७ सालमा तारानाथ शर्माले भानुभक्तदेखि तेस्रो आयामसम्ममा जोडतोडले उठाएका छन्। भानुभक्त आचार्यको कवितामा देशप्रेम,संस्कृत छन्दको प्रयोग र उत्कृष्ट काव्यिक रस भएकोले उनलाई नै आदिकवि मान्नुपर्ने इतिहासविद् बाबुराम आचार्यको तर्क छ। निबन्धकार हृदयचन्द्र सिंह प्रधानले भानुभक्त आचार्यलााई अन्धविश्वासी,बाहुनवादी,साँघुरो विचारका,नारी स्वतन्त्रता विरोधी,भनी निन्दा गरि उनको समकालीन अंग्रेज कवि शेलीको समर्थन गरेका छन्।
हृदयचन्द्रसिंह प्रधानले आफ्नो प्रगतिवादी चश्माले हेरेर मात्र होइन नेपाली समाजको जातिय र सांस्कृतिक चिन्तनको पनि उजागर गरेको छन्।आज आदिकवि भानुभक्त आचार्यले रामायण लेखन पूरा गरेको १ सय ७१ बर्षपछि पनि जातिय र सांस्कृतिक र क्षेत्रिय चिन्तनको रुढी यथावत छ। भानुभक्त आचार्यको जन्म बीस १८७१मा तनहुँमा भएको हो।उनले आफ्नो जीवनकाल ५५ बर्षमा नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिए। बीस १९९८मा रामायणको वालकाण्ड,बीस १९१० मा रामायण लेखन पूरा गरे।भक्तमाला बीस १९१० तिर,बधुशिक्षा बीस १९१९,प्रश्नोत्तर विसं १९१०,रामगीता विस १९२६ लेखेर नेपाली साहित्यमा अमूल्य योगदान दिएका छन्।आदिकवि भानुभक्तको देहावसान विस १९२६ मा भयो।
भानुभक्त आचार्य घाँसीको प्रेरणाले साहित्यमा प्रवेश गरेको मानिन्छ ।एकजना घाँसी घाँस काटेर बेचेर कुवा खनाएर गाउँलेलाई पानी खुवाउने सपना देखेको बिषयबाट भानुभक्त प्रभावित भएको बिषय मानिदै आएको छ।भानुभक्तले त्यही प्रेरणाले साहित्यिक यात्रा प्रारम्भ गरेको मोतिराम भट्टले लेखेको भानुभक्तको जीवनीमा उल्लेख छ। वर्तमान समयमा पनि ग्रामिण क्षेत्रमा घाँस किनबेच हुँदैन।घाँस काट्न कमै मान्छेले तलबी कामदार राख्छन्।आजभन्दा ३०–४० बर्ष अगाडिसम्म पनि पहाडी क्षेत्रमा ,साहु कहलिएका परिवारमा छोरी बुहारीले कृषि पशुपालनको काम आफै गर्दथे।यसबाट घाँस बेच्ने र घाँस काट्न तलबी कामदार राख्ने कुरा असम्भव देखिन्छ
।
अर्काेतर्फ कुवा बनाउन धेरै खर्च लाग्दैन।गाउँमा कुवा बनाउन जसले आव्हान गरेपनि गाउँलेले साथ दिन्छन्।पाटी,पौवा,पुल बनाउन मात्र बढी खर्च लाग्छ।इनार बनाउन भने बढी खर्च लाग्छ।कुवा बढीमा ३–४ फिट गहिरो हुन्छ।यसमा ढुंगाको पर्खालले माटो ढाक्ने र पिँधमा ढुंगा छाप्ने गरिन्छ।बाहिर पानी भर्ने मान्छेले टेक्ने ठाउँमा पनि ढुंगा छाप्नुपर्छ।यति काम ग्रामिण परिवेशमा धेरै खर्चालु कठीन र रकम आवश्यक पर्ने काम होइन। रवि नपुगेको ठाउँमा कवि पुग्छन्।भन्ने साहित्यिक उक्ति अनुसार एउटा घाँसीले घाँस काटिरहेको देखेर भानुभक्त आचार्यको कवि मनले कुवा र घाँसीको बिषय कल्पना गरि कविता रचना गरेकोे हुनसक्छ ।
डा तारानाथ शर्माले मोतिराम भट्टले भानुभक्त आचार्यलाई प्रख्यात बनाउन आफैले श्रृङ्गारी,विश्व परिवेश तुलना र राष्ट्रिय भावनाका कविता लेखेर भानुभक्त आचार्यको नाममा प्रकाशित गरेको विचार राखेका छन।यश तर्कसंग घाँसीको प्रेरणाले साहित्यमा प्रवेश गरेको भने पनि सम्वन्धित छ।भानुभक्तलाई महान् बनाउन भरमग्दुर प्रयास गर्ने क्रममा एउटा काल्पनिक कथामा आफैले कविता सिर्जना गरेर मोतिरामले भानुभक्तसंग जोडेर प्रकाश पारेको छुनसक्छ। यसरी अनेक दृष्टिकोणकाबीच भानुभक्त आचार्य नेपाली साहित्यका सशक्त कवि हुन् भन्ने कुरामा दुइमत छैन।नेपाली साहित्यमा उनको योगदान अवस्मरणिय छ।हार्दिक श्रद्धा सुमन।


















