विष्णु पौडेल अर्थमन्त्री भएसंगै उकालो लाग्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७०.१८ अंकले बढेको छ। अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढ्दै बजारमा उत्साह छाएको हो ।

यस दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदै ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ । सेयर बजारमा उत्साह छाएको आजको दिन नेप्से २ हजार ३१०.५९ को बिन्दुमा पुग्दा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । तर, यही दिन तीन वटा कम्पनीको सेयर भने १० प्रतिशतले घटेको पनि नेप्सेले जनाएको छ ।

यस दिन म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु बढेका छन् । अर्थमन्त्री पौडेलले पदभार ग्रहणको दिन सोमबार भने नेप्से १७.१८ अङ्कले घटेको थियो ।