वर्षाले राष्ट्रिय सभागृह जलमग्न

गएरातिको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ ।

ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । सभागृहको भुइँतलास्थित मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ । काठमाडौं महानगरपालिका मातहतको सभागृहमा महानगरकै केही कार्यालय पनि छन् । महानगरका ती कार्यालय रहेको भवनमा पनि पानी पसेको छ ।