सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विभिन्न ठाउँमा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। सुनसरी र नवलपरासी पश्‍चिममा सवारी दुर्घटना हुदा दुई जनाको बिहीबार मृत्यु भएको हो ।

सुनसरी, देवानगंज गाउँपालिका-७ चन्दा मोहन नहर पश्चिमस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय माहाविर यादवको बिहीबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै,नवलपरासी पश्‍चिम सुनवल नगरपालिका-१० गैडाखालस्थित सडकमा लु.२६ प ९८४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक नवलपरासी सुनवल नगरपालिका-१० गैडाखाल बस्ने २३ वर्षीय रोहित नगरकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार घटना सम्बन्धि आवश्यक अनुसन्धान भइरहेको छ ।