विश्वासको मत दिने/नदिने निर्णयबारे राप्रपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११:३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बस्ने भएको छ ।बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ । उक्त पार्टीको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।