राप्ती गाउँपालिका-४ मजनिगढ डेरा गरी बस्ने कपिलबस्तु शिवराज नगरपालिका-१ महाराजगंज घर भएका ईसरायल मुसलमानको छोरा ८ वर्षीय अन्स मुसलमानको सोही गाउँपालिका-४ स्थित दोलही खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्वास्थ्य चौकी सिसहनिया हुँदै लमही अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















