काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सत्तारुढ काँग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाए ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद किराँतीले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको प्रतिक्रिया समेत दिए ।
सांसद किराँतीले संविधान संशोधन गर्दा अग्रममनका एजेण्डालाई अघि बढाउन पनि सत्तारुढ गठबन्धनलाई सचेत
गराए । उनले संविधान संशोधन गर्दा नो भोटको पनि व्यवस्था गर्नुपर्ने बताए ।
सांसद किराँतीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने जिकिर पनि गरे ।


















