बेलायतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको छ। केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शनरहुलदंगा जारी रहेकाले बेलायत भ्रमण गर्न लागेका तथा त्यहाँ रहेका नेपाली नागरिकलाई सचेत रहन भनिएको हो।
दूतावासले बेलायतमा रहेका एवम् बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई प्रदर्शन र हुलदङ्गा भएको ठाउँमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो । राजदूतावासले हिजो एक सूचना निकालेर सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवम् स्थानीय अनुरोध गरेको छ ।





















