देवानगंज गाउँपालिका-२ यादव टोल बस्ने शिव कुमार मेहताको घरबाट अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ९० ग्राम बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय देवानगंज र बिओपी कप्तानगंजबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार शिव कुमारको प्रहरीले खोजी गरिरहेको छ ।

















